राष्ट्रियसभाद्वारा विनियोजन विधेयक पारित

 संवाददाता    २०७९, १४ असार मंगलवार ०८:३७     92 जनाले पढ़िसके



Spread the love

काठमाडाैँ । राष्ट्रियसभाको साेमबारको बैठकले विनियोजन विधेयक, २०७९ (आगामी वर्षको बजेट)लाई बहुमतले पारित गरेको छ ।

प्रतिनिधिसभाबाट पारित भएर आएको विनियोजन विधेयकलाई राष्ट्रियसभाको आजको बैठकको बहुमतले पारित गरेको हो । प्रतिनिधिसभाले यही असार २ गते सो विधेयक पारित गरेको हो ।

विनियोजन विधेयक पारित हुँदा प्रतिनिधिसभामा जस्तै नेकपा(एमाले) सम्बद्ध सांसदले राष्ट्रियसभाको बैठक पनि बहिस्कार गरेका थिए ।