पर्यटन मन्त्री श्रेष्ठले पनि पदभार ग्रहण गर्दै गरे दुई निर्णयमा हस्ताक्षर

 #नेकपा एकीकृत समाजवादी     २०७९, १३ असार सोमबार १३:२८     98 जनाले पढ़िसके



Spread the love

पर्यटनमन्त्री जिवनराम श्रेष्ठ आज मन्त्रालय पुगेर पदबहाली गरेका छन। उनले पदबहालीको क्रममा दुई वटा निर्णयमा हस्ताक्षर गरेका छन् । स्वयम्भुदेखि हनुमानढोकासम्म सम्पदा पदमार्ग निर्माण कार्य अगाडि बढाउने निर्णयमा उनले हस्ताक्षर गरे ।

उनले कोभिड महामारीबाट प्रभावित भएको पर्यटन क्षेत्रलाई उत्थानका लागि कार्ययोजना बनाएर पेश गर्ने निर्णयसमेत गरेको बताए । यस सम्बन्धमा विगतमा विभिन्न अध्ययन प्रतिवेदन भएको र अब कार्ययोजना नै बनाएर पेश गर्ने निर्णय भएको उनले बताए ।