नवनियुक्त मन्त्रीको शपथ सोमबार

 संवाददाता    २०७९, १२ असार आईतवार २१:५९     97 जनाले पढ़िसके



Spread the love

काठमाडौं– आइतबार नियुक्त भएका नयाँ मन्त्रीहरुको शपथ ग्रहण सोमबार हुने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझ कांग्रेस माओवादीका मन्त्रीलाई यथावत राख्दै समाजवादीले सिफारिस गरेकालाई नयाँ मन्त्रीमा नियुक्त गरेका छन्। राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार टिका ढकालका अनुसार नव नियुक्त मन्त्रीहरुको शपथ सोमबार गराउने तयारी भइरहेको छ। आजै समाजवादीका पुराना मन्त्रीले राजीनामा दिएपछि नयाँ मन्त्री नियुक्त भएका हुन्। राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार एकीकृत समाजवादीका जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, मेटमणि चौधरीलाई शहरी विकास, भवानीप्रसाद खापुङलाई बढुवा गर्दै स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरिएकाे हाे।