सरकारले आज पत्रकार सम्मेलन गरेर पेट्रोलियम पदार्थमा लागेको करलाई घटाउँदै पेट्रोल र डिजलको मूल्य समायोजन गरेको छ। आज सरकारका वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी गराए। अब समायोजन भएपछी पेट्रोल को मूल्य प्रतिलिटर १७९ भएको छ भने डिजल १६३ रुपैयाँमा आज राती १२ बजे पछि मूल्य लागू हुने गरि कारोबार हुने उनले बताए।