नौ कम्युनिष्ट घटकहरूको संयुक्त विज्ञप्ती : प्रधानमन्त्रीको अमेरिका भ्रमण राेक्न माग

 संवाददाता    २०७९, १ असार बुधबार १३:१९     87 जनाले पढ़िसके



Spread the love

काठमाडौं : अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) अगाडि बढाउने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारीप्रति विभिन्न ९ कम्युनिष्ट पार्टीले विरोध गरेका छन्।

संयुक्त रूपमा विज्ञप्ति जारी गरेर नेपालले एमसिसी संसदबाट अनुमोदन गरेपछि नेपालमाथि अमेरिकाको हस्तक्षेप बढेको बताएका हुन्।

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘यो नेपाली सेनाको सहभागिता, अमेरिकाले नेपाली सेनालाई आफ्नो सेनाको अङ्ग बनाउने र सामान्यतः दक्षिण एसिया क्षेत्र र विशेषतः चीनमाथिको सैन्य हस्तक्षेपका निमित्त नेपालका सैन्य अखडालाई निर्वाध प्रयोग गर्ने योजनामा आधारित छ। हामी सार्वभौम तथा स्वाधीन नेपालमाथि अमेरिकी साम्राज्यवादको यसप्रकारको ठाडो दबाब तथा हस्तक्षेपको घोर विरोध एवम् भत्र्सना गर्दछौँ र नेपालको सार्वभौमिकता तथा राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप नगर्न जोडदार माग गर्दछौँ।’

उनीहरूले प्रधानमन्त्री देउवाकाे अमेरिकामा भ्रमण राेक्न मागसमेत गरेका छन्।

आजको संसद्‌ बैठकमा समेत अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे प्रधानमन्त्रीले प्रष्ट जवाफ दिनुपर्ने माग सांसदहरूले गरेका छन्।