काठमाण्डु, २८ जेठ– काठमाण्डु उपत्यकालाई भूकम्पको धक्काले हल्लाएको छ । शनिबार बिहान २ बजेर ३५ मिनेटमा काठमाण्डुबासीले भूकम्पको ठूलै धक्का महसुस गरे ।
धेरै मानिस निदाएका कारण भूकम्पको धक्काबारे थाहा पाएनन् । भूकम्पबारे राष्ट्रिय भूकम्प मापन केन्द्रले केही भनिसकेको छैन तर अन्तरास्ट्रिय भुकम्प सम्बन्धि सुचना दिने एक वेबसाइटका अनुसार भुकम्प ललितपुरको पुर्वी भेग केन्द्र भएर गएको र यसको मापन ३.९ रेक्टर रहेको बताएको छ ।