विमान दुर्घटना अपडेट : सबै यात्रुको शव भेटियो

 #दुर्घटना     २०७९, १६ जेष्ठ सोमबार १५:४४     277 जनाले पढ़िसके



Spread the love

म्याग्दी — मुस्ताङको थासाङ गाउँपालिका, २ कोवाङको सिरानमा दुर्घटनाग्रस्त तारा एयरमा सवार सबै यात्रुको शव फेला परेको छ ।

फेला परेका शवमध्ये १० वटा शवलाई तल बेनी–जोमसोम सडक खण्डमा पर्ने कोवाङमा झारिएको छ । खराब मौसम र अप्ठ्यारो भूगोलमा उद्धारकर्ताले शव बोकेर झार्नुपर्ने भएकोले समस्या भएको बताइएको छ ।

शवहरू भीरमा छरिएकाले संकलन गर्न समस्या भएको उद्धारमा खटिएका स्थानीयले बताए । फेला परेका शवको पहिचान पनि भइसकेको छैन ।

कोवाङ झारिएका शवको प्रहरीले पोष्टमार्टम तथा मुचुल्का बनाउन थालेको छ । दुर्घटनामा चालक दलका ३ सदस्यसहित २२ जना यात्रुको मृत्यु भएको हो ।

‘फेला परेका शवमध्ये १० वटा तल बस्तीमा झारिएको छ । बाँकी ल्याउने क्रम जारी छ । उद्धारकर्ताले भीरमा बोकेर झार्नुपर्ने भएकोले एकै पटकमा उद्धार सम्भव नभएको उद्धारमा संलग्न एक सैनिक अधिकारीले भने, ‘तल ल्याइएका शवको मुचुल्का तयार पारी शव काठमाडौं लैजाने बताइएको छ ।’