विमान दुर्घटनास्थलमा सेना र प्रहरीको टोली पुग्यो

 #दुर्घटना     २०७९, १६ जेष्ठ सोमबार १०:२५     265 जनाले पढ़िसके



Spread the love

पोखरा ।

नेपाली सेना र नेपाल प्रहरीको टोली तारा एयरको विमान दुर्घटनास्थल पुगेको छ । आइतबार सम्पर्कविहीन भएको विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका-२ मा भेटिएको थियो।

स्थानीयले खबर गरेपछि नेपाली सेना र प्रहरीको टोली घटनास्थल पुगेको छ । जहाज पुरै टुक्राटुक्रा अवस्थामा छ भने कोही पनि यात्रु जिवित नरहेको र शवहरु नचिनिने टुक्रीएकोअवस्थामा रहेको त्यहाँ पुगेका उद्धारकर्मीले बताएका छन् । सबैले शव संकलन गरिरहेको नेपाली सेनाको विजयपुर ब्यारेकका प्रमुख सेनानी प्रेम पौडेलले जानकारी दिए । हुस्सु र कुहिरोका कारण अझै हेलिकोप्टर राम्रोसँग उड्ने अवस्था नरहेको उनले बताए । सेनाका १ जना र प्रहरीका १ जनालाई हेलिकोप्टर मार्फत झारिएको हो ।