श्रीलंकामा भिडन्त हुँदा २ जनाको मृत्यु, १३९ घाइते

 #अन्तरास्ट्रिय     २०७९, २६ बैशाख सोमबार २१:४५     116 जनाले पढ़िसके



Spread the love

श्रीलङ्कामा भएको हिंसामा सोमबार सत्तारुढ दलका एक सांसदसहित दुई जनाको मृत्यु हुनाका साथै कम्तीमा १३९ जना घाइते भएको प्रहरी र अस्पतालका अधिकारीहरूले बताएका छन्।सांसद अमरकीर्थी अथुकोरालाले कारलाई रोक्ने क्रममा गोली चलाउँदा दुई जना गम्भीर घाइते भएको र घाइतेमध्ये एक जनाको पछि मृत्यु भएको प्रहरीले जनाएको छ। सांसद्ले ‘त्यसपछि आफ्नो रिभल्भरले आफ्नै ज्यान लिएको’ एक प्रहरी अधिकारीले एएफपीलाई टेलिफोनमा भनेका छन्।कोलम्बोमा भएको झडपमा १३८ जना घाइते भएकालाई अस्पतालमा उपचार आवश्यक रहेको कोलम्बो नेसनल अस्पतालका प्रवक्ता पुष्पा सोयसाले एएफपीलाई बताइन्। एएफपी