त्रिभुवन विमानस्थलमा ८ वटा बम छ भनेर फोन आएपछि सबै आन्तरिक यात्रुलाई बाहिर निकालेर बम खोज्दै प्रहरी

 संवाददाता    २०७९, २१ बैशाख बुधबार ११:०४     105 जनाले पढ़िसके



Spread the love

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ रहेका यात्रुहरुलाई बाहिर निकालिएको छ ।

विमानस्थलस्थित नागरिक उडड्यन प्राधिकरणको कार्यालयमा एक अपरिचित व्यक्तिले फोन गरेर आन्तरिक विमानस्थल कार्यालयमा ८ वटा बम रहेको बताएका थिए ।

त्यसलगत्तै सुरक्षा निकायले उच्च सतर्कता अपनाउँदै सबै यात्रुलाई बाहिर निकालेका छन् । विमानस्थलमा खटिएका प्रहरीका अनुसार अवतरण गर्न दिइएको छ भने उडानहरु सबै रोकिएको छ । सेनाको बम डिस्पोजल टोली त्यहाँ पुगिसकेको छ । सबैतिर जाँच गर्दा शंकास्पद वस्तु नभेटिएको प्रहरीले जानकारी दिएको छ ।