सरकारले दियो भोलि सार्वजनिक बिदा

 संवाददाता    २०७९, १९ बैशाख सोमबार १५:४९     99 जनाले पढ़िसके



Spread the love

सरकारले भोलि मंगलबारका लागि सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयका अनुसार इद उल फित्रका अवसरमा बिदा दिइएको हो।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको बताए।

०७८ फागुन २६ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इद उल फित्रमा बिदा दिने निर्णय भएको हो।