नक्कली मदिरासहित जनकपुरबाट दुई जना पक्राउ

 संवाददाता    २०७९, १३ बैशाख मंगलवार १८:१५     454 जनाले पढ़िसके



Spread the love

जनकपुरधाम– जनकपुरधामबाट विभिन्न ब्राण्डको नक्कली मदिरासहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ का ४३ वर्षीय गणेश साह र वडा नं. ११ का चन्दन कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए।

सोमबार साँझ करिब साढे ७ बजे प्रहरी नायब उपरीक्षक क्षेत्रीको नेतृत्वमा खटेको प्रहरी टोलीले जनकपुरधाम–४ स्थित गणेश साहको घरमा रहेको मदिरा उत्पादन गर्ने कारखानामा छापा हानी विभिन्न ब्राण्डका नक्कली मदिरा, आन्तरिक राजश्व विभागले प्रयोग गर्ने स्टिकर, सुपर ग्लु, ग्यास चुल्हो, ग्यास सिलिण्डर, स्प्रिटको बोतलहरु, मदिरा प्याक गर्ने बोतलको बिर्को, तयार भएको खुल्ला रक्सी, आन्तरिक राजश्व कार्यालयले प्रयोग गरिसकेको स्टिकरको पछाडिको कागज फेलापारेको छ।

यस्तै ना ४ च ५९४३ नम्बरको पिकअप गाडीमा मदिरा लोड गरिएको अवस्थामा पिकअपसहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कर्यालय धनुषाले जनाएको छ।