तोलामा नौ सयले घट्यो सुनको मूल्य

 संवाददाता    २०७९, १३ बैशाख मंगलवार १२:४०     452 जनाले पढ़िसके



Spread the love

हिजो सोमबार प्रतितोला १ लाख २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज नौ सयले घटेको महासंघले जानकारी दिएको छ। यस्तै, हिजो तेजाबी सुनको मूल्य ९९ हजार ७०० रुपैयाँ थियो।

प्रतितोलाले ९०० रुपैयाँ घटेसँगै आज छापावाल सुनको मूल्य ९९ हजार ३०० रुपैयाँ छ भने तेजाबी सुनको मूल्य ९८ हजार ८०० रुपैयाँ छ।यसैगरी, आज चाँदीको मूल्य स्थिर कायम भएको छ। महासंघका अनुसार आज हिजोकै मूल्यमा चाँदीको कारोबार भइरहेको छ। जसअनुसार आज चाँदीको प्रतितोला मूल्य १३ सय ५० रुपैयाँ छ।