पाकिस्तानमा इमरान खान पक्षका १५५ सांसदले दिए एकसाथ राजीनामा

 #अन्तरास्ट्रिय     २०७८, २८ चैत्र सोमबार २२:०३     105 जनाले पढ़िसके



Spread the love

पाकिस्तानका १५५ सांसदले सोमबार एकसाथ पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ पार्टीका सांसदले सामूहिक राजीनामा दिएका हुन्।

नयाँ प्रधानमन्त्री चयनका लागि संसदमा मतदान हुनुअगाडि उनीहरूले राजीनामा घोषणा गरेर संसद् बैठक नै बहिष्कार गरेका हुन्।

जनताको भावनाविपरीत विदेशीहरूको इसारामा आफूलाई हटाइएको भन्दै खानले आफूहरू अब संसमा बस्न नसक्ने बताएका हुन्।

उनको पार्टीका सबै सांसदले पदबाट राजीनामा दिएपछि बहुमतका साथ विपक्षी दलका नेता शेहबाज शरिफ पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएका छन्।

उनले नयाँ मन्त्रिमण्डल बनाएर सरकारलाई प्रभावकारी तरिकाले सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

पाकिस्तानको नयाँ सरकारलाई राजनीतिक सङ्कटसँगै आर्थिक सङ्कट पनि सामना गर्नुपर्ने अवस्था छ।