चार परियोजनाकाे संयुक्त रूपमा उद्घाटन गर्दै देउवा र माेदी

 प्रधानमन्त्री     २०७८, १९ चैत्र शनिबार १०:२८     107 जनाले पढ़िसके



Spread the love

भारतको नयाँदिल्लीमा आज नेपाल-भारत द्विपक्षीय बैठकपछि प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले चारवटा परियोजनाको संयुक्त रूपमा उद्घाटन गर्दैछन् ।

निर्धारित कार्यक्रम अनुसार स्थानीय समयअनुसार शनिबार मध्यान्ह साढे १२ बजे नयाँदिल्लीस्थित हैदरावाद हाउसमा नेपाल–भारत द्विपक्षीय बैठक सम्पन्न हुनेछ ।

बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री शेरबहादुर देउवा र भारतको नेतृत्व भारतीय प्रधानमन्त्री मोदीले गर्नेछन् ।

बैठक सम्पन्न भएपछि दुवै देशका प्रधानमन्त्रीले चारवटा परियोजनाको संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।