बढुवा भएका एआइजीलाई दर्ज्यानी चिन्ह प्रदान

 संवाददाता    २०७८, १७ चैत्र बिहीबार १७:४९     100 जनाले पढ़िसके



Spread the love

नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)मा बढुवा भएका तीन प्रहरी अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छन् । एआइजीत्रय वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रबिन्द्रबहादुर धानुकलाई प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

मन्त्रिपरिषद् बैठकको आज बसेको बैठकले मात्र उनीहरूलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । गृह मन्त्रालयले गत १ चैतमा तीनै जना डिआइजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । उक्त सिफारिसविरुद्ध अन्य तीन जना डिआइजीले उजुरी गरेपछि बढुवामा ढिलाइ भएको थियो ।

उजुरी सुन्ने समितिले सिफारिसलाई सदर गरेसँगै मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको थियो ।