निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक : प्रधानमन्त्री

 काँग्रेस     २०७८, १० चैत्र बिहीबार १३:५०     98 जनाले पढ़िसके



Spread the love

स्याङ्जा । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचन निष्पक्ष, स्वतन्तत्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।स्याङ्जाको चापाकोट नगरपालिकाको नवनिर्मित भवनको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सबैको साथ र सहयोगमा आसन्न्न निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने बताएका छन्।

आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचन निर्धारित मितिमै सम्पन्न हुने दाबी गरेका प्रधानमन्त्री देउवाले यसका लागि सरकारले पूर्ण रुपमा तयारी गरिरहेको बताए ।

निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएको बताउँदै उनले जनताको मन जित्ने गरी काम गर्न जनप्रतिनिधिहरुलाई निर्देशनसमेतत दिए ।