चुनावमा कलमले कमाल गर्ने माधव नेपालको दाबी

 #नेकपा एकीकृत समाजवादी     २०७८, ३ चैत्र बिहीबार १२:५८     84 जनाले पढ़िसके



Spread the love

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको चुनाव चिह्न ‘कलमले कमाल गर्ने’ बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा आयोजित होली पर्व विशेष कार्यक्रममा उनले प्रचार अभियान गाउँ–गाउँमा पुर्‍याउन नेता–कार्यकर्ताहरूलाई निर्देशन पनि दिए ।

वैशाख ३० गतेको चुनावको बेलामा कलमको कमाल देखिन सक्नुपर्दछ । सत्य र न्यायको रूपमा रहेको त्यो कलमले अवश्य कमाल गर्नेछ भन्ने आशा गर्दै कलमको प्रचार अभियानमा गाउँ–गाउँ, टोलमा जनताको माझमा पुगौँ । खिसिटिउरी गर्नेहरूको नाश होस्’

उनले पार्टीको समार्थ्य चुनावमा देखिने पनि बताए । खिसिटिउरी गर्नेहरूको हरिबिजोग चुनावले नै देखाउने उनको भनाइ छ ।

“हाम्रो खिसिटिउरी गर्नेहरूको हरिबिजोग त्यही बेलामा थाहा हुनेछ । घमण्डको पोको भएको रावणको नाश भएजस्तै होलिका दहन भएजस्तै त्यस्ताहरूको नाश, दहन होस्,” उनले भने ।