एमसीसी पास भएपछि गठबन्धन झन् बलियो बनेको प्रचण्डको दाबी

 नेकपा माओवादी     २०७८, ३ चैत्र बिहीबार ११:५१     103 जनाले पढ़िसके



Spread the love

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पास भएपछि गठबन्धन झन् बलियो बनेको दाबी गरेका छन्। बिहीबार लुम्बिनी प्रदेशमा प्रेस सेन्टर नेपालको पत्रकार सम्मेलनमा बोल्दै उनले गठबन्धनभित्रका शीर्ष पङ्तिचाहिँ निर्वाचनसम्म नै गठबन्धन बनाउने कुरामा विमत्ति नरहेको दाबी गरेका हुन्।

उनले आफ्नै तागतमा निर्वाचन अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिएको बताएका हुन्। उनले भने, ‘गठबन्धन होला अनि गठबन्धनबाट निर्वाचन जितौंला भन्नेलाई मुख्य ध्यान दिने होइन। आफ्नै तागत, आफ्नै एजेण्डाको बलमा जनताको मन जितेर चुनाव जित्ने कुरालाई पहिलो प्राथमिकता दिने साथसाथै फेरि निर्वाचनमा तालमेल गर्ने र अधिकतम त्यसबाट सकरात्मक परिणाम निकाल्ने कुरामा ध्यान दिने।’ उनले गठबन्धन बचाउने कुरामा पनि माओवादी केन्द्रको ध्यान रहेको बताए।

उनले कुनै आधार बिना नै संसद् अवरोध भइरहेकाले खुल्नुपर्ने धारणा राखे। उनले सभामुखले संविधान र कानुन अनुसार गरेको कामलाई चुनौती दिने ठाउँ नभएपछि सभामुखमाथि आरोपित गर्न नछोडिएको गुनासो गरे। प्रचण्डले प्रतिगामी कदम सहि थियो भन्ने बनाउन संसद् निरन्तर भइरहेको तर्क गरे।