एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै,

 संवाददाता    २०७८, ३ चैत्र बिहीबार ११:४५     87 जनाले पढ़िसके



Spread the love

काठमाडौं । सत्ता गठबन्धन दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्दै छ ।

शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा विभिन्न सात एजेन्डामा छलफल हुने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।बैठकका एजेन्डामा राजनीतिक प्रतिवेदन, जनपरिचालन अभियान, विभागको पूर्णता, पार्टी प्रवेश, घोषणापत्र, प्रचार कार्ययोजना र विविध रहेको छ । स्थानीय तहको निर्वाचन आउँदो वैशाख ३० गते हुँदै छ । निर्वाचनको घोषणापत्रका विषयमा पार्टीमा छलफल गर्न लागिएको हो ।