काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। सरकारले संसदको अधिवेशन अन्त्य गरेको भोलिपल्ट एमालेले संसदीय दलको बैठक बोलाएको हो।
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बैठक दिउँसो तीन बजेका लागि बोलाइएको हो।
अधिवेशन अन्त्य भएपछि संसदीय दलको बैठक बस्ने पार्टीको चलन अनुसार नै नियमित बैठक बोलाइएको उनले बताए।