एमालेको सचिवालयद्दारा उम्मेदवार सिफारिस गर्ने मापदण्ड पारित, चैत ९ गते केन्द्रीय कमिटी बैठक आह्वान

 एमाले स्थानीय निर्वाचन २०७९     २०७८, १ चैत्र मंगलवार २०:५२     103 जनाले पढ़िसके



Spread the love

काठमाडौं: नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चैत ९ र १० गते बस्ने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटामा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक आह्वान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

आसन्न स्थानीय तहको निर्वाचनको पूर्व तयारीका लागि केन्द्रीय कमिटी आह्वान गरिएको बताइएको छ। त्यस्तै बैठकले स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिस र निर्णय गर्ने मापदण्ड पारित गरेको छ। पार्टीले वडाध्यक्ष र सदस्यहरुको सिफारिस वडा कमिटीबाट गर्ने र जिल्ला कमिटीले टिकटको निर्णय गर्ने विधि तय गरेको गुरुङले बताए।

उनका अनुसार चैत ७ गते पोलिटव्युरो समितिको बैठक बस्ने छ भने चैत १३ गते स्थायी कमिटीको बैठक बस्ने छ। बैठकमा अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन पेस बताइएको छ।