सुनको मूल्यमा रेकर्ड, तोलाको १ लाख ५ हजार पाँच सय पुग्यो

 संवाददाता    २०७८, २५ फाल्गुन बुधबार १२:२३     104 जनाले पढ़िसके



Spread the love

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ।

आज सुन तोलामा २५ सयले बढेर एक लाख पाँच हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि, ०७७ साउन २५ गते छापावाल सुनको मूल्य तोलाको एक लाख तीन हजार ५०० रुपैयाँ पुगेको थियो।

तेजाबी सुन पनि तोलाको दुई हजार ५०० रुपैयाँले बढेर एक लाख पाँच हजारमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य ४० रुपैयाँले बढेर प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।