अमेरिकी राष्ट्रपति बाइडेनले फ्रान्स, जर्मनी र बेलायतका नेतासँग छलफल गर्ने

 #अन्तरास्ट्रिय     २०७८, २३ फाल्गुन सोमबार २१:५७     310 जनाले पढ़िसके



Spread the love

वासिङ्टन । अमेरिकाका राष्ट्रपति जो बाइडेनले प्रमुख तीन देशका नेताहरूसँग सोमबार छलफल गर्ने भएका छन्।

उनले फ्रान्स, जर्मनी र बेलायतका शीर्ष नेताहरूसँग भिडियो कुराकानी गर्ने अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ।

उहाँहरूले युक्रेनमाथि रुसले गरेको आक्रमणका बारेमा छलफल गर्नु हुने भएको कार्यालयद्वारा जारी वक्तव्यमा जनाइएको छ।

रुसले युक्रेनमाथि आक्रमण गर्नु गलत भएको भन्दै रुसी कदमको विरोध गर्दै आएका देशका नेताहरूले रुसलाई थप दवाव दिन छलफल गर्न लागेको बुझिएको छ।

उनीहरूले युक्रेनको पक्षमा बोल्दै आएका छन् भने युक्रेनलाई सहयोग गर्न अनुरोध पनि गरेका छन्। थप सहयोग कसरी गर्न सकिन्छ भन्ने बारेमा पनि उनीहरूले छलफल गर्ने अपेक्षा गरिएको छ। एजेन्सी