संसद भवन अगाडी शंकास्पद वस्तु भेटियो

 संवाददाता    २०७८, १६ फाल्गुन सोमबार १२:३६     75 जनाले पढ़िसके



Spread the love

नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि मुख्य सडकमा साेमबार बिहान बमजस्तो देखिने वस्तु भेटिएको छ।काठमाडौं प्रहरी परिसरका अनुसार शंकास्पद अवस्थामा प्रेसरकुकर भेटिएको हो।अहिले उक्त क्षेत्रलाई सुरक्षा दिइएको छ। मुख्य सडक बन्द गरिएको छ।

उक्त वस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोलीलाई खबर गरिएको छ।

संसद् भवनको दक्षिण गेटअगाडि सडकमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर फेला परेको हो। त्यो बम भएको आशंका गरिएको छ।

बमजस्तै वस्तु भेटिएको छ। अहिले नेपाली सेनाको टोली बोलाएका छौं। डिस्पोजको तयारी भइरहेको छ’, काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए।​

अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी संसदबाट अनुमोदन गरिएको भोलिपल्ट संसद् भवनअगाडिको सडकमा बमजस्तो वस्तु भेटिएको हो।