युरोपेली युनियनले रुसविरुद्ध नयाँ र अत्यधिक कडा प्रतिबन्धको घोषणा गरेको छ । युरोपियन युनियनकी अध्यक्ष उर्सुला वोन डेर लियेनले यसलाई युरोपका लागि महत्वपूर्ण बताएको छ ।प्रतिबन्ध असाध्यै व्यापक छ । आर्थिक क्षेत्र, ऊर्जा, यातायात र रुसको शासनसँग जोडिएका कुलीन वर्गका भिसामाथि प्रतिबन्ध लगाइएको छ ।
इयू प्रमुखले प्रतिबन्धका कारण रुसको तेल रिफाइनरीका लागि प्राविधिक र विमानस्थलका स्पेयर पार्टस्को खरिद असम्भव हुने बताएकी छिन् । इयू प्रमुखले ट्वीट प्रतिबन्धले मञ्जुरी पाएको र यसमा इयू पूर्ण रुपमा एकजुट भएको ट्वीट गरेको छ ।