उपेन्द्र यादवको पार्टीमा बाबुराम भट्टराई पक्षले विद्रोह गर्ने तयारी, जसपा पनि विभाजनको संघारमा

 संवाददाता    २०७८, २६ माघ बुधबार १४:२७     140 जनाले पढ़िसके



Spread the love

काठमाडौं – सरकारले स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै विभिन्न पार्टीमा फुट र विभाजनको रेखा कोरिन थालेका छन् ।

राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी त्यागेर नयाँ गठनको तयारी गरेका छन् । अब जनता समाजवादी पार्टी पनि विभाजनको डिलमा पुगेको छ ।

पक्ष असन्तुष्ट बनेको छ ।

लाामो समयदेखि दुई नेताबीच बोलचालसमेत बन्द छ । पार्टीको बैठक बस्न सकेको छैन । प्रदेश १ को राष्ट्रिय सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई यादव पक्षधरले अन्तर्घात गरेको विषयले विवाद बढाएको हो ।

निर्वाचनमा भट्टराई पक्षका हेमराज राई उम्मेदवार बनेका थिए । तर, जसपाका जनप्रतिनिधिले एमाले उम्मेदवार सोनाम ग्याल्जेन शेर्पालाई मत हालेको सो पक्षको ठहर छ ।

सोही कारण गठबन्धनको बहुमत हुँदाहुँदै पनि राई पराजित बनेका थिए । यादवलाई कमजोर बनाउन भट्टराईले केन्द्रीय कमिटीमा बहुमत बनाउने प्रयास थालेका छन् ।

बहुमत जुटाउन नसके जसपाबाट अलग हुँदै नयाँ पार्टी बनाउने स्रोतले बतायो । भट्टराईलाई कृषिमन्त्री महेन्द्र राय यादव, मोहम्मद इस्तियाक राई, रामनरेश यादव, राजेन्द्र श्रेष्ठ, अशोक राई, गंगा श्रेष्ठलगायतले साथ दिइरहेका छन् ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयमा भट्टराई पक्षमा खुलेका छन् । यादव भने अहिलेसम्म मौन छन् । उनले एमसीसीबारे केही बोलेका छैनन् ।

उपेन्द्र यादवलाई यसअघि विजयकुमार गच्छदार, महन्थ ठाकुर, राजेन्द्र महतो साथ छाडेका थिए । चुनावको मुखमा जसपामा देखिएको विवादले लोसपालाई फाइदा पुग्ने देखिएको छ ।