देउवा र ओलीबीच अपरान्ह ४ बजे भेटघाट हुँदै

 संवाददाता    २०७८, २३ माघ आईतवार १४:४२     128 जनाले पढ़िसके



Spread the love

काठमाडौँ– स्थानीय तहको निर्वाचनको मिती तय गर्न र एमसीसी सम्झौताबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच आज अपराह्न भेटवार्ता हुने भएको छ ।

देउवासँग छलफलका लागि ओली ४ बजे बालुवाटार जान लागेको ओलीनिकट स्रोतले बतायो । एमसीसी सम्झौता अनुमोदन गर्ने विषयलाई लिएर गठबन्धन दलहरूमा खटपट शुरु भएपछि देउवा र ओलीबीच हुन लागेको भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।