भारतको पुणेमा निर्माणाधीन भवन भत्किँदा सात मजदुरको मृत्यु

 संवाददाता    २०७८, २१ माघ शुक्रबार ०९:१९     84 जनाले पढ़िसके



Spread the love

भारतको पुणेमा निमार्णाधीन भवनमा फलामको स्ल्याब खसेर सात मजदुरको मृत्यु भएको छ । गएराति भएको सो दुर्घटनामा अन्य तीनजना घाइते भएका छन् ।

दुर्घटना यरवडा क्षेत्रको शास्त्री वाडिया बंगला नजिक भएको हो । भवनको बेसमेन्टमा रहेको फलामको स्ल्याब भत्किँदा सो दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सञ्चारमाध्यमका अनुसार दुर्घटनामा मृत्यु हुने अधिकांश व्यक्ति बिहारका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो दुर्घटनाप्रति दुःखसमेत व्यक्त गरेका छन् । ‘पुणेमा निर्माणाधीन भवनमा भएको दुर्घटनाले दुःखी भएको छु । शोक सन्तप्त परिवारजनमा समवेदना । यस दुर्घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ मोदीले ट्विट गर्दै भनेका छन् ।