काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा कोरोनाबाट १२ जनाको मृत्य भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०५ जना र ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४३२ जना गरी कुल ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।हाल देशभरमा ६९ हजार २९१ सक्रिय संक्रमित छन् भने ७ हजार ५५५ जना संक्रमणमुक्त भएका छन् ।