महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भित्र विवाद चर्किंदै गएको छ ।जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएर ६ महिनाअघि बनेको लोसपाभित्रकै एउटा समूह अर्को पार्टी बनाउन लागेका छन् ।पार्टीकै एक नेताका अनुसार तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)लाई सक्रिय बनाउनले अभियानमा उनीहरू जुटेका छन् । तत्कालीन राजपाका उपाध्यक्ष एवम् राष्ट्रिय सभाका पूर्वसदस्य वृषेशचन्द्र लाल, पूर्वसांसद विजयकुमार सिंह लगायतका नेता तमलोपालाई सक्रिय बनाउने अभियानका अगुवाई गरिरहेका छन् । आजको राजधानी दैनिकमा सुजीतकुमार झाले खबर लेखेका छन् ।