भन्सार छलिको ठूलो परिमाणको मदिरा सहित ४ जना पक्राउ

 संवाददाता    २०७८, १६ माघ आईतवार १२:३६     136 जनाले पढ़िसके



Spread the love

भन्सार छलेर ल्याएको रेड लेबल, एब्सोल्युट भोड्का,ब्ल्याक लेबल र सिभास रिगल बेचबिखन गरेको आरोपमा महानगरीय अपराध महाशाखाले काठमाडौंबाट चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली सेनाका पूर्व हवल्दार देखी भारतिय ब्राण्डको कपडा बिइङ ह्युमेनका नेपाली विक्रेता समेत छन् ।भन्सार छलेको मदिरा बेचेको आरोपमा ३९ वर्षीय सन्तोष चन्द्र बाख्रेल, ३० वर्षका सैलेश पन्त, २८ वर्षका रविन पाख्रीन र ४० वर्षका नारायण प्रसाद घिमिरेलाई पक्राउ गरिएको छ । घिमिरे नेपाली सेनाका पूर्व हवल्दार हुन् । सन्तोष चन्द्र बाख्रेल दरबारमार्ग स्थित कपडा सोरुम बिईङ ह्युमेनको संचालक मध्येका हुन् ।सीतापाइला स्थित उनीहरुले संचित गरेको मदिरा गोदाममा छापा मारेर १ करोड ४१ लाख ६० हजार मुल्य बराबरको मदिरा बरामद गरिएको महाशाखाका एसएसपी बसन्त कुँवरले बताए । प्रहरीले २९५ कार्टुन एब्सोल्युट भोड्का, रेड लेबल , सिभास रिगल र ब्ल्याक लेबल बरामद गरेको छ ।
आरोपीहरुले सो मदिरा भारतबाट ल्याएको प्रहरीलाई बताएका छन् ।महाशाखाका प्रहरीले करिब ३ साताअघि ‘नक्कली’ मदिरा कारोबार हुने गरेको सुराक पाएको थियो । सो सुराकका आधारमा सादा पोशाकका प्रहरीले पार्टीका लागी मदिरा आवश्यक परेको भनेर अर्डर गरेका थिए । ‘हामिले केही रकम एडभान्स दिएर आरोपीहरुको निगरानी गरेका थियौं’ महाशाखाका एसपी कृष्ण कोइराला भन्छन्–‘भोजमा बेच्दा भन्सार छलिको प्रमाण तत्काल नष्ट हुने हुनाले आरोपीहरुले पार्टी प्यालेसमा बेच्न खोज्दा रहेछन् ।’पार्टीका लागी मागे अनुसारको मदिरा छाड्न आएको गाडीलाई निगरानी गरेर महाशाखाको टोली गोदामसम्म पुगेको थियो । रेड लेबल उनीहरुले पार्टीका लागी बजार मुल्य भन्दा १ हजार सस्तोमा दिने गरेको प्रहरीले बताएको छ। प्रहरी र आरोपीहरुको बिचमा रेड लेबल प्रतिबोत्तल ३ हजार ९ सयमा डिल भएको बताइएको छ ।बरामद गरिएको मदिरा राजस्व अनुसन्धान विभागमा बुझाइने महाशाखाका एसपी कोइरालाले बताए । प्रहरीले मदिराको गुणस्तर परिक्षणका लागी खाद्य तथा गुण नियन्त्रण विभागमा नमुना पठाएको छ ।