सत्ता गठवन्धनका तीन नेताबिच बालुवाटारमा छलफल

 संवाददाता    २०७८, १४ माघ शुक्रबार १२:०४     134 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज सत्तारूढ गठबन्धनका तीन नेताबीच छलफल भएको हो।

समसामयिक राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्री देउवासहित गठबन्धन दलका शीर्ष नेता छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।

सत्तागठबन्धनले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरेर संविधान अनुसार बनाउने बताइरहेका छन्। उक्त ऐनमा कार्यकाल सकिनु दुई महिनाअघि नै स्थानीय तह निर्वाचन हुनुपर्ने उल्लेख छ।तर संविधानमा कार्यकाल सकिएको छ महिनाभित्र चुनाव गरे हुने व्यवस्था रहेको भन्दै गठबन्धनले ऐनलाई संविधानअनुसार बनाउने तयारी गरिरहेका छन्।