आज बाट टाटा समूहले लियो एयर इन्डियाको स्वामित्व

 #अन्तरास्ट्रिय     २०७८, १३ माघ बिहीबार १९:३४     109 जनाले पढ़िसके



Spread the love

भारतको टाटा समूहले आज बिहीवार आधिकारिक रूपमा एयर इन्डियाको अधिग्रहण गरेको छ । केन्द्रीय नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले एयर इन्डियाको अधिग्रहण प्रक्रिया पूरा भएको बताएका छन ।

अधिग्रहणको घोषणाअघि ‘टाटा सन्स’ का प्रमुख एन चन्द्रशेखरनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका थिए।

यसअघि सन् २०२१ को अक्टोबरमा एयर इन्डियाकाे लिलामीका लागि गरिएको प्रस्तावमा ‘टाटा सन्स’ ले सबैभन्दा धेरै रकम अघि सारेकाे थियो । योसँगै एयर इन्डियाको अधिग्रहण प्रक्रिया सुरु भएको थियो ।

रतन टाटाले एयर इन्डियाको घर फिर्तीको स्वागत गर्दै भनेका छन, ‘टाटा समूहका लागि एयर इन्डियाको अधिग्रहण लिन पाउनु एक निकै ठूलो खबर हो । एयर इन्डियालाई फेरि उठाउनका लागि हामीले निकै कोसिस गर्नुपर्ने हुन्छ ।’

एयर इन्डियाकाे इतिहासकाे कुरा गर्दा यसकाे सुरुवात सन् १९३२ अप्रिलमा भएकाे थियाे । यसकाे स्थापना उद्योगपति जेआरडी टाटाले गरेका थिए । त्यस समय एयरलाइन्सकाे नाम टाटा एयरलाइन्स थियाे ।

एयरलाइन्सकाे पहिलाे व्यावसायिक उडान सन् १९३२ अप्रिल १५ मा भएकाे थियाे । त्यस बेला मात्र सिङ्गल इन्जिनकाे ‘ह्याभील्यान्ड पस माेथ’ हवाई जहाज थियाे जुन जहाज अहमदाबाद–कराचीकाे बाटाे भएर मुम्बई गएकाे थियाे । जहाजमा त्यस समय एक जना पनि यात्रु थिएनन्, २५ किलाे चिठी राखिएकाे थियाे ।