विराटनगर । राष्ट्रिय सभा सदस्यका लागि भएको मतदानमा प्रदेश १ बाट खुलातर्फ कांग्रेसका गोपालबहादुर बस्नेत विजयी भएका छन् । दुबै उम्मेदवारको बराबरी मत आएपछि गोला तान्दा बस्नेत विजयी भएका हुन् । खुलातर्फ सत्ता गठबन्धनका उम्मेदवार बस्नेत र एमालेका गुरु बरालले समान ४ हजार ४ सय ८८ मत पाएका थिए ।