आफ्ना नगरिकलाई युक्रेन छाड्न अमेरिकाको निर्देशन

 #अन्तरास्ट्रिय     २०७८, १० माघ सोमबार १३:०८     95 जनाले पढ़िसके



Spread the love

अमेरिकाले युक्रेनमा बढ्दो तनावको बीच अमेरिकाले आफ्नो दूतावासका कर्मचारीका आफन्तहरूलाई आफ्नो मुलुक फर्किन आदेश जारी गरेको छ।

अमेरिकी विदेश मन्त्रालयले युक्रेनमा रहेका आफ्ना कर्मचारीहरुलाई पनि अत्यावश्यक काम नभए स्वदेश फर्किने अनुमति दिएको छ।

साथै अमेरिका युक्रेनबाट आफ्ना नागरिक उद्धार गर्ने विषयमा पनि छलफल गरिरहेको छ।

यसअघि युक्रेनमाथि रुसले आक्रमण गर्न सक्ने समाचार आएको थियो। सोही समाचारलाई ध्यानमा राख्दै यो आदेश जारी गरिएको हो।

यद्यपि रुसले यो दाबीलाई अस्वीकार गर्दै आक्रमणको योजना नरहेको बताउँदै आएको छ। अमेरिकाले पनि रुसले युक्रेनमाथि ठूलो सैन्य कारबाहीको योजना बनाइरहेको बताउँदै आएको छ।

अहिले युक्रेनको सीमामा अनुमानित एक लाख सेना परिचालन गरिएको छ।

नेटोका प्रमुखले यसले नयाँ संघर्ष उत्पन्न हुन सक्ने खतरा रहेको चेतावनी दिएका छन्।

बेलायतले पनि आधिकारिक विज्ञप्ति जारी गर्दै युक्रेनको सत्तामा रुस समर्थक नेतालाई राख्न चाहेको बताएको हो।