राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनालाई कोरोना संक्रमण

 संवाददाता    २०७८, ४ माघ मंगलवार १९:१३     100 जनाले पढ़िसके



Spread the love

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनको सचिवालयका अनुसार मंगलबार पीसीआर परीक्षण गरिएको थियो । र तिमिल्सिनाको रिर्पोट पोजिटिभ आएको हो ।

राष्ट्रियसभाका अन्य केही सांसदहरुलाई पनि कोरोना संक्रमण भएको छ । सचिवालयका कर्मचारीहरु पनि संक्रमित भएका छन् ।

सांसद र कर्मचारीहरुलाई कोरोना संक्रमण भएपछि यहि माघ ३ गतेलाई बोलाइएको राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो ।