२ नं प्रदेश भयो मधेश प्रदेश नामाकरणको उपलक्ष्यमा भोलि सार्वजनिक बिदा

 संवाददाता    २०७८, ३ माघ सोमबार २०:३०     94 जनाले पढ़िसके



Spread the love

जनकपुरधाम । मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा घोषणा गरिएको छ ।

नाम मधेश र राजधानी जनकपुरधाम तय भएपछि प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको हो ।

मधेश प्रदेश सरकारका प्रबक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले मंगलबार प्रदेशमा बिदा दिइने बताए । नाम र राजधानी तय भएपछि खुशियालीमा बिदा दिइएको उनको भनाइ छ ।

प्रदेश सभामा आज भएको मतदानले प्रदेशको नाम मधेश र स्थायी राजधानी जनकपुरधाम तोकिएको छ । नाम मधेशको पक्षमा ८० र राजधानी जनकपुधरामको पक्षमा ७८ जना सांसदले मतदान गरेका छन् ।