सरकारद्दारा २८ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त

 संवाददाता    २०७८, ३० पुष शुक्रबार २१:४४     91 जनाले पढ़िसके



Spread the love

काठमाडौँ — सरकारले २८ वटा जिल्लामा राष्ट्रिय भूमि आयोगका जिल्ला समितिहरू गठन गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरी २८ जिल्ला समितिका अध्यक्षहरूलाई नियुक्ति पत्र दिएको हो। गठबन्धनभित्रको झमेलाकै कारण आयोग गठन भएको ४ महिनापछि बल्ल जिल्ला समिति विस्तारको काम सुरू भएको हो । आयोगले हाल २७ जिल्लामा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्ने प्रक्रिया अघि बढाएको छ । ती जिल्लाका ६८ स्थानीय तहमा जग्गा वितरण गर्ने प्रक्रिया नै अघि बढाइसकेको छ ।

आयोगको अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा नहेन्द्र खड्का नियुक्त भएका थिए ।

  1. ताप्लेजुङ – कृष्णकुमार बस्नेत
  2. इलाम – भरत बहादुर खत्री
  3. ओखलढुंगा – अशोककुमार कार्की
  4. पाँचथर– दिनेशकुमार लावती
  5. झापा– तिलकसिंह पाण्डे
  6. सुनसरी– भगिरत खात्वे
  7. भोजपुर – दिलकुमार राई
  8. काभ्रे – हरिबहादुर केसी
  9. धादिङ– कृष्णप्रसाद अर्याल
  10. तनहुँ – रामचन्द्र अधिकारी
  11. कास्की – गंगाप्रसाद पोखरेल
  12. बागलुङ– धर्मबहादुर कुँवर
  13. लमजुङ – दामोदर अधिकारी
  14. रुपन्देही– हरिबहादुर आचार्य
  15. अर्घाखाँची– यादव घिमिरे
  16. गुल्मी– राम मल्ल ठकुरी
  17. प्यूठान– इमानसिंह खड्का
  18. सुर्खेत– श्रीधर पौडेल
  19. दैलेख – नयराम थापा
  20. डडेलधुरा– शेरबहादुर भण्डारी
  21. कञ्चनपुर– देवेन्द्रराज ढुंगाना
  22. उदयपुर– बलबहादुर तामाङ