काठमाडौं: निर्वाचन आयोगले सर्वदलीय बैठक डाकेको छ। स्थानीय तहको निर्वाचनबारे छलफल गर्न बैठक बोलाइएको आयोगका प्रमुख आयुक्त दिनेश थपलीयाले जानकारी दिए।
उनका अनुसार बैठक शुक्रबार विहान ११ बजे बस्नेछ। बैठकमा राष्ट्रिय सभा निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे पनि छलफल हुने बताइएको छ।