भारतमा एकैदिन थपिए कोरोनाका १ लाख ९४ हजारभन्दा धेरै नयाँ संक्रमित

 संवाददाता    २०७८, २८ पुष बुधबार १२:२५     88 जनाले पढ़िसके



Spread the love

भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का १ लाख ९४ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अघिल्लो दिनको तुलनामा भारतमा १५.८ प्रतिशत धेरै नयाँ संक्रमित थपिएका हुन्।

अघिल्लो २४ घण्टामा भारतमा एक लाख ६८ हजार नयाँ संक्रमित थपिएका थिए।

कोरोनाको तेस्रो लहरको सामना गरिरहेको भारतमा ओमिक्रोन भेरियन्टसहितको संक्रमण फैलिएसँगै दैनिक नयाँ संक्रमितको संख्या पनि उल्लेख्य संख्यामा बढेको हो।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाको संक्रमणदर पनि ११.०५ प्रतिशत रहेको देखिएको छ। सो अवधिमा ४४२ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ।

भारतमा अहिलेसम्म ४ हजार ८६८ जनामा ओमिक्रोन भेरियन्टसहितको संक्रमण देखिएको छ।