काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू मातहतका विभागमा केही जिम्मेवारी हेरफेर गरेको छ ।
जसअनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गतको कोभिड–१९ युनिफाइड केद्रीय अस्पताल, वीरको प्रमुख प्रशासकीय अधिकारीमा डा. गुणराज लोहनीलाई ल्याइएको छ ।
यता, औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराईलाई पठाउने निर्णय मन्त्रालयले गरेको छ भने वर्तमान महानिर्देशक नारायणप्रसाद ढकाललाई प्रयोगशालामा पुर्याइएको छ । कहिले भट्टराई त कहिले ढकाल विभागको महानिर्देशक हुँदै आएका छन् ।
यस्तै, राष्ट्रिय क्षयरोग केन्द्रमा श्रीराम तिवारीलाई पठाइएको छ भने त्यहाँ कार्यरत डा. प्रकाश साहलाई कर्णाली प्रदेश पठाइएको छ ।
यसैगरी, एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सुधा देवकोटालाई केन्द्रीय कारागारमा सरुवा गरिएको कर्मचारी प्रशासन शाखाले जनाएको छ । डा. देवकोटाको ठाउँमा डा. सञ्जय ठाकुरलाई पठाइएको हो ।