प्रधानमन्त्री देउवाद्वारा पृथ्वी जयन्तीमा शुभकामना व्यक्त

 संवाददाता    २०७८, २७ पुष मंगलवार ११:५६     82 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्णमा शुभकामना दिएका छन् ।

देउवाले ट्विटरमा लेखेका छन्, ‘राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको ३००औं जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना !’प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।