मेडिकल कलेजका विद्यार्थीको आन्दोलनप्रति विद्यार्थी संगठनहरूको ऐक्यवद्धता, ‘मेडिकल माफिया’सँग सम्बन्ध राख्ने नेताहरुको भण्डाफोर गर्ने

 संवाददाता    २०७८, २६ पुष सोमबार १६:३०     573 जनाले पढ़िसके



Spread the love

काठमाडौं : मेडिकल कलेजका विद्यार्थीहरुको आन्दोलन प्रति संयुक्त विद्यार्थी संघर्ष समितिले ऐक्यवद्धता प्रकट गरेको छ।

सोमवार बसेको विद्यार्थी संघर्ष समितिको बैठकले नोवेल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज र मणिपाल मेडिकल कलेजले एमबीबीएस, बीडीएस र बीएनएसका २०२१ ब्याचका विद्यार्थीहरु बाट गैहकानुनी र गुण्डागर्दी शैलीमा चर्को शूल्क लिएको भन्दै विद्यार्थीहरू आन्दोलित छन्। चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा चर्को शुल्क लिने अभिभावकहरूलाई धम्कि दिने लागायतका विद्यार्थी र अभिभावकले भोगेका समस्याका विषयमा सोमवार बैठक बसेको मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले जानकारी दिए।

बैठकले विभिन्न मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा चर्को शुल्क लिने निर्णय विरुद्ध विद्यार्थीहरुले गरेको आन्दोलनप्रति संयुक्त विद्यार्थी सङ्गठनको तर्फबाट पुर्ण रुपमा ऐक्यबद्धता जाहेर गर्ने निर्णय गरेको छ।

त्यस्तै आइतवार बिराटनगर स्थित नोवेल मेडिकल कलेजमा शान्तिपूर्ण रुपमा आन्दोलनमा रहेका विद्यार्थीहरु माथि कलेज प्रशासनले ‘भाडाका गुन्डा’हरू समेत प्रयोग गरि गरिएको आक्रमणको घोर निन्दा र भर्त्सना गर्दै उक्त आक्रमणमा सम्लग्नहरुलाई र उनीहरु लाई प्रयोग गरि आक्रमण गराउने कलेज संचालकलाई तत्काल पक्राउ गरि कानुनी कारवाही गर्न माग गरेको छ।

बैठकले पछिल्लो समय विभिन्न राजनैतिक पार्टीका नेताहरूसँग शैक्षिक ‘माफिया’ र मेडिकल ‘माफिया’हरूले व्यक्तिगत सम्बन्ध स्थापित गरि आफ्नो स्वार्थ अनुकुल प्रयोग गरेको प्रति संयुक्त विद्यार्थी सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको समेत बैठकपछि जारी वक्तव्यमा उल्लेख छ। त्यस्तै यस्ता कार्यमा संलग्न रहेका राजनैतिक दलका नेताहरूको भन्डाफोर र खबरदारी समेत निर्णय बैठकले गरेको छ।

त्यस्तै काठमाडौं विश्वविद्यालय अन्तर्गत संचालित नोवेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजमा रिले अनशनमा रहेका आन्दोलनरत विद्यार्थीहरु प्रति संयुक्त विद्यार्थी सङ्गठनका अध्यक्षहरुको उपस्थितिमा पौष २८ गते ऐक्यबद्धता जाहेर गर्ने निर्णयसमेत बैठकले गरेको छ।

आन्दोलनरत विद्यार्थीहरु माथी भएको दमनका विरुद्ध संयुक्त विद्यार्थी संघर्ष समितिले गृहमन्त्री र शिक्षा मन्त्रीको ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ। त्यस्तै समस्या समधानको निम्ती चिकीत्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालय संग समेत छलफल गर्ने निर्णय भएको क्रान्तिकारीका अध्यक्ष गजुरेलले जानकारी दिए।

यसैबीच पहिलो चरणको आन्दोलनको कार्यक्रम सम्पन्न हुँदासम्म माग सम्बोधन नभएको दोस्रो चरणको संघर्षको कार्यक्रम सञ्चालन गर्दै मेडिकल/शिक्षा ‘माफिया’लाई कारवाही अभियान चलाइने उनले जानकारी दिए।