होटल र सिनेमा हल छिर्दा अब भ्याक्सिन कार्ड अनिवार्य

 #कोरोना     २०७८, २५ पुष आईतवार १९:०५     562 जनाले पढ़िसके



Spread the love

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले अब होटल छिर्दा भ्याक्सिन कार्ड अनिवार्य गरेको छ ।

आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले होटल छिर्दा अब भ्याक्सिन कार्ड अनिवार्य निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् ।उनका अनुसार सार्वजनिक स्थानहरु (कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) प्रवेश गर्दा अनिवार्य रुपमा कोभिडविरुद्धको क्‍याक्सिन कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राख्‍ने र ती निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्‍यवस्था मिलाउने गरी यही माघ ३ गतेदेखि लागू गर्ने निर्णय भएको छ ।