नेपालमा कोरोना संक्रमण पुनः बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा थप ११६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो तथ्याङ्क पछिल्लो असोज यताकै सर्वाधिक हो।
गत असोज १ गते नेपालमा कोरोना संक्रमितको संख्या १०८६ जना थियो। त्यसयता क्रमशः घटेको संक्रमण आइतबार हजारको आँकडा पार गरेको हो।
मन्त्रालयका अनुसार आइतबार गरिएको १२ हजार ६ सय ३२ परीक्षणमा ११६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
यसअघि शनिबार ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।