मध्य भोटेकोशीको शेयरमूल्य ९.९७ प्रतिशतले बढ्यो, प्रतिकित्ताको मूल्य कति पुग्यो त ?

 संवाददाता    २०७८, २५ पुष आईतवार १३:१०     108 जनाले पढ़िसके



Spread the love

काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतवार) मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो दिन कम्पनीको शेयरमूल्य ९.९७ प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २५९.१० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।