प्रचण्ड कोरोनाबाट संक्रमित

 संवाददाता    २०७८, २४ पुष शनिबार १०:३२     418 जनाले पढ़िसके



Spread the love

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लाई कोरोना संक्रमण भएको पुष्टि भएको छ। आज एक विज्ञप्ति जारी गर्दै उनको सचिवालयले भनेको छ । अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यमा केहि असहजता देखिएकोले हिजो बेलुकी ANTIGEN र RT-PCR परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ। उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको छ। स्वास्थ्य अवस्था सामान्य छ। यो बीचमा उहाँको सम्पर्कमा रहनु भएका सबैले स्वास्थ्य सतर्कता अपनाईदिनु हुनेछ। स्वास्थ्यकर्मीको सल्लाह अनुसार उहाँ केही दिन आइसोलेशनमा रहनु हुनेछ। कोभिड १९ को कारण उहाँका केही पुर्वनिर्धारित कार्यक्रममा उहाँको सहभागिता हुन नसकेकोमा हामी दुखी छौं। निजी सचिवालयको तर्फबाट उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।
– निजी सचिवालय