प्रधानमन्त्री देउवाको भारत भ्रमण रद्द ।

 संवाददाता    २०७८, २३ पुष शुक्रबार ०६:५२     412 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री शेरबहादुर देउवा २५ पुसमा भारत भ्रमणमा जाने तय भएको भ्रमण रद्द भएको छ। प्रधानमन्त्री देउवा भारतको गुजरातमा हुन लागेको ‘गुजरात ग्लोबल समिट’मा भाग लिन भारत सरकारको निमन्त्रणामा सो कार्यक्रममा भाग लिन जान लागेका थिए । भारतमा बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै भारत सरकारले सो समिटको कार्यक्रम रद्द गरेसंगै प्रधानमन्त्रीको पनि भ्रमण रद्ध भएको हो। परराष्ट्र मन्त्रालयले पनि भ्रमण रद्द भएको पुष्टि गरेको छ साथै चांडै द्दिपक्षिय मैत्रीपुर्ण भ्रमणको मिति तय गरिने परराष्ट्र स्रोतले बतायो।