नयाँ दिल्लीमा ६ दिनमा आठ गुणा बढ्यो कोरोना सङ्क्रमण

 #कोरोना     २०७८, २३ पुष शुक्रबार ०६:१२     110 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । भारतको नयाँ दिल्लीमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । नयाँ दिल्ली सरकारले जारी गरेको स्वास्थ्य बुलेटिनका अनुसार बिहीबार १५ हजार ९७ जना सङ्क्रमित थपिएका छन् ।

प्रदेशमा अब सङ्क्रमणदर १५.३४ प्रतिशत पुगेको छ । सोही अवधिमा ६ जनाको मृत्यु भएको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढेर ३१ हजार ४९८ पुगेको छ ।

१ जनवरीमा दिल्लीमा २ हजार ७९६ जनामा सङ्क्रमण देखिएको थियो भने आज (६ जनवरी) १५ हजार बढीमा सङ्क्रमण पुष्टि भएको हो । ६ दिनको बीचमा ८ गुणा बढी सङ्क्रमित फेला परेका हुन् ।